पिस पोस्टर प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
art_Fotor

लायन्स क्लब अफ पोखरा हिमालयनद्वारा आयोजित पिस पोस्टर प्रतियोगिता सम्पन्न भएको छ।

नदीपुरस्थित माउन्ट अन्नपूर्ण मावि भएको प्रतियोगितामा १५ विद्यालयका ११ देखि १३ वर्ष उमेर समुहका २८ विद्यार्थीले भाग लिएका थिए।

प्रतियोगितामा कुमुदिनी होम्सका स्मारिका बस्यौला प्रथम, तारापुन्ज स्कुलका प्रथम थापा द्वितीय, न्यू मिलिनियमका गणेश शर्मा तृतीय भएको जानकारी प्रतियोगिता निर्णायक वरिष्ठ चित्रकार दुर्गा बराल बात्स्यायनले दिए।

प्रतियोगिता अवसरमा कलाकार बात्स्यायानले चित्रकलासम्बन्धी अत्यन्तै मार्मिक तथा रोचक ढंगले आफ्नो अनुभव र ज्ञान प्रतियोगीमाझ राखेका थिए।

हरिप्रसाद श्रेष्ठको संयोजकतवमा भएको प्रतियोगितामा माउन्ट अन्नपूर्णका प्राचार्य प्रदीप लम्साल, रिजन चियर पर्सन बेबराज गिरी, पिस पोस्टर प्रतियोगिता कमिटी चेयर पर्सन जितेन्द्र थापाले शुभकामना मन्तव्य राखेका थिए।

क्लब अध्यक्ष देवीप्रसाद गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width