भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप शुरु

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
naya_Fotor

कास्की ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनमा सोमबारदेखि ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ शुरु भएको छ।

प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शारदा पराजुलीले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेकी थिइन्।

पोखरा–१, पुरानो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा एलजी एशोसिएसन भेट्रान्सले विजयी शुरुवात गरेको छ। आयोजक ईन्द्रेणी एकीकृत विकास केन्द्र भेट्रान्स र एलजी एशोसिएसनबीच भएको खेलमा एलजीले २–१ को जित हात पारेको हो। जितमा धनेन्द्र गुरुङ र सुरज गुरुङले गोल गरे। ईन्द्रेणीको तर्फबाट पहिलो गोल विनोद गुरुङले गरेका थिए। विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताको अर्थ संयोजक हिटलर घलेले बताए। उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार पाउनेछ।

मंसिर २९ सम्म चल्ने प्रतियोगितामा उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी (दाम्पत्य) लाई रुपाकोट रिसोर्टतर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ।

देस्ना चन्दको स्मृतिमा पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले प्रथम पुरस्कार सौजन्य गरेको उक्त प्रतियोगिताबाट संकलित केही रकम ईन्द्रेणी एकेडेमी सञ्चालनमा खर्च गर्ने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width