तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ ।
विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ ।
महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि चार जनाको मात्रै दरबन्दी छ । विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।
“धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौँ तर उपलब्ध भएन”, प्रध्यानाध्यापक बोहोराले भने “माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।” विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उनले बताए । महायज्ञमा सङ्कलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।
पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ । पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो । पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै…
तपाइको विचार व्यक्त गर्नुहोस्