लोकतन्त्रको नाममा लुटतन्त्र- थापा

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
73288621_418780112385781_4084883188374044672_n (1)

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले दुइतिहाइको कम्प्युनिष्ट सरकार भए पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।

राप्रपाको चुनावी प्रचार क्रममा पोखराका विभिन्न वडामा भएको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । पोखरा ३३, भरतपोखरी र वडा २१ को कृष्ती र वडा ९ को बसपार्कमा राप्रपाको चुनावी सभा भएको हो ।

कार्यक्रममा राप्रपा अध्यक्ष थापाले परिवर्तनको अनुभूति, हिन्दु राष्ट्र र सवैधानिक राजसंस्था स्थापनाका लागि राप्रापा अपरिहार्य रहेको बताए । उनले देशमा पछिल्लो समय मौलाउँदै गएको भ्रष्टाचार र दण्डहीनता अन्त्यको लागि राप्रपालाई जिताउनुपर्ने बताए ।

थापाले छातीमा हात राखेर देशलाई संरक्षण गर्ने हैसियत दिन सबैलाई आग्रह गरे । स्वतन्त्र नागरिकको हैसियतले राप्रपाका उम्मेदवारलाई जिताउन पोख्रेली जनतालाई आग्रह गरे । उनले भने, ‘हिजो बन्दूक बोक्नेहरु आज अरबको खाडीमा पुगेका छन् र बन्दूक बोकाउनेहरु देशको मालिक भएर बसेका छन्’ ।
नेकपा र काँग्रेस पटक–पटक सरकारको नेतृत्व गरेको भए पनि देशमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले ५० लाख युवालाई विदेशमा पठाएर कसरी हामीले देशेको मुहार फेर्न सक्छौं भने ।

उनले मुलुकमा लोकतन्त्रको नाममा लुटतन्त्र चलेको आरोप समेत लगाए । देशमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम गर्न राप्रपाको गाई चिन्हको मतदान गर्न अध्यक्ष थापाले आग्रह गरे ।

कोणसभामा राप्रपा कास्की २ का उम्मेदवार रोमबहादुर भण्डारी, पार्टी उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ गुरुङ, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य डा भीमसेन गुरुङ, शिव चालिसे, नरहरि तिमिल्सिना, कुलबहादुर गुरुङ कुलु, जिल्ला निर्वाचन परिचालन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुन, सहायक महामन्त्री, बिन्दु पहारी, क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, वडा २१ का धनबहादुर कार्की र खेमबहादुर मल्ल लगायतले राप्रपालाई मत दिन मतदातासमक्ष आग्रह गरे ।

सोही कार्यक्रमबीच प्रमुख अतिथि राप्रपा अध्यक्ष थापाले निर्वाचन प्रचारप्रसार समितिको कार्यालयको उद्घाटन गरेको जानकारी प्रदेश सचिव वरुणबिक्रम राणाले दिए ।मंगलबार बिरौटाचोकमा चुनवाी सभा प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width