पोखरा १५ मा चुनावी प्रचार कार्यक्रम

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
nakapa

पोखरा २५ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाको चुनावी अभियान पोखराको वडा नं १५ मा शुरु गरेको छ ।

अभियान अन्र्तगत सोमबार वडा भित्रका ३ वटा टोलमा समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ । गलेश्वर, गैरीगाउँ, र शिवशक्ति टोलमा प्रेमबहादुर खत्रीको संयोजकत्वमा प्रचार–प्रसार तथा घरदैलो समिति गठन गरिएको नेकपा वडा नं १५ कमिटीका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए ।
समिति गठनसंगै कोणसभा समेत सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा कास्कीका सचिव एवं वडा नं १५ का चुनाव प्रचारप्रसार संयोजक बखान सिंह तमुले समृद्धिको सपना साकार पार्ने अभियानमा सहयोग गर्न विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरे ।

उनले पोखराको विकासमा रवीन्द्र अधिकारीको अतुलनीय योगदान रहेको स्मरण गरे । टोल समन्वय तथा प्रचार कमिटिले घरघरमा पुगेर नेकपा उम्मेद्वारको पक्षमा मतदानका लागि अपील गर्ने उनले जानकारी दिए । वडा भित्रका सबै टोलमा प्रचार प्रसारको काम तीब्र पारिएको उनको भनाई थियो । सभामा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडामा भए गरेका विकास निर्माणका काममा रवीन्द्रको योगदान भुल्न नसकिने बताए । कार्यक्रम गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारीको अध्यक्षतामा भएको थियो । सभामा टोलबासीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width