नवीन कलाश्री पुरस्कार मानन्धरलाई

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
3738_82484187098_4612786_n

पोखरा २५, कात्तिक । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराद्वारा स्थापित नवीन कलाश्री पुरस्कार २०७६ वरिष्ठ कलाकार किरण मानन्धर काठमाण्डौलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छानौट समितिको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशी ५० हजार रुपैयाँ दोसल्ला र ताम्रपत्र रहेको छ । पुरस्कार आउँदो मंसिर १ गते नेपाल आर्ट काउन्सिल बबरमहल काठमाण्डौमा आयोजना हुने विशेष समारोहमा मानन्धरलाई प्रदान गरिने प्रतिष्ठानका सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।

प्रतिभा छनोट समितिका संयोजक गोपाल श्रेष्ठको संयोजकत्वमा सदस्य झपिन्द्र गुरुङ, हेमकान्ति गुरुङ र पदेन सदस्यको रुपमा अध्यक्ष लोकप्रसाद गुरुङ र सचिव कमल पौडेल अथक रहेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि संस्कृतिविद्ध सत्यमोहन जोशी रहेको प्रतिष्ठानले जनाएको छ ।
सो पुरस्कार कला क्षेत्रमा लागेका कलाकारहरुलाई प्रत्येक २ वर्षमा प्रदान गरिने सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width