डा केसीको समर्थनमा सवारी साधन ठप्प

rss रासस
कार्तिक २५, २०७६

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक, दिउँसो सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ।

डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मृगौला पीडितलाई १ लाख ७० हजार सहयोग

क्यान्सर पीडित बालकको उपचारका लागि विदेशबाट ११ लाख सहयोग

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

प्रमुख समाचार

मन र मत परिवर्तन गर्ने समय आयो-केसी

थप प्रमुख समाचार