अम्बिका–भागवतको निःशुल्क शिविर

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
Health came_Fotor

अम्बिका–भागवत फाउण्डेशनको आयोजनामा पोखरा–१९ स्थित भारती भवन माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा दन्तरोग, मधुमेह, रगत तथा पिसाब परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

शिविरमा दुई सय तीन जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरको उद्घाटन गर्दै वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले अम्बिका–भागवत फाउण्डेशनले सामाजिक क्षेत्रमा पुर्याएको योगदान स्तुत्य रहेको बताए।

शिविरमा सञ्जीव बस्नेत, सञ्जीव कुमार झा, जगत्राज पौडेल, मनिषा गुरुङ र समिति आचार्यले प्राविधिक सहयोग गरेका थिए।

फाउण्डेशनका अध्यक्ष भागवत नेपालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक संरक्षक अम्बिका नेपाल, विद्यालयका प्रधानाध्यापक गोविन्द कँडेल, सम्झना सामाजिक सेवा समितिका अध्यक्ष सुनिता सुन्चौरी, विपि डेन्टलका सिनियर डेन्टल हाइजिनिष्ट सरोज अधिकारी, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, रेडियो सफलताका प्रमुख दुर्गा अधिकारीलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन सचिव देवी श्रेष्ठले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width