गरिमाको ८५ औं शाखा तालचोकमा

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
gharama bikash bank (4)_Fotor

गरिमा विकास बैंक लिमिटेडले आइतबार पोखरा–२७, तालचोकमा रहेको शाखा कार्यालय औपचारिक उद्घाटन गरेको छ। सो शाखा बैंकको ८५ औ शाखा हो।

शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन्। ढकालले बैक र व्यवसायी एकअकोर्को सारथि भएको विचार राख्दै बैक तथा वित्तीय संस्थाको आगमनले यस क्षेत्रको विकासमा सहज हुने र लगानीका सम्भावना बढ्ने धारणा राखेका थिए। बैंक तथा वित्तीय क्षेत्रको विकासमा संघ सहयोगीको भूमिकामा रहेकाले लगानीका अवसर सृजना गरी व्यवसायीको आयआर्जनमा लगानीमैत्री वातावरण सृजना गर्न बैंकहरुलाई अनुरोध गरे।

लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी र पोखरा २७ का वडा सदस्य शेखरनाथ लामिछानेले विकास र बैक एकअर्काका परिपूरक भएकाले बैंकहरुले साना व्यवसायीहरुलाई पनि सहुलियत दरमा ऋण प्रवाह गरी व्यवसायीमैत्री वातावरण सृजना गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले तालचोक शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठूला व्यावसायिक क्षेत्रको विकास र विस्तारको लागि आवश्यक पुँजी उपलब्ध गराई लेखनाथ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेको बताए। बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले हालसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width