काम नगर्ने मन्त्री हटाएर नयाँ ल्याउने तयारी

एजेन्सी
कार्तिक २५, २०७६
kp-oli-vs-prachanda-1
  • मन्त्रीको कामप्रति चित्त नबुझ्दा प्रधानमन्त्री असन्तुष्ट भएका मन्त्रीहरुमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई छन् ।

काठमाण्डौ, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गररु मन्त्रीहरु हेरफेरमा छलफल गरेका छन् ।सभामुख समेत नियुक्ति गर्ने तयारी भएको छ । काम देखाउन नसक्ने मन्त्री र मुख्यमन्त्री हटाएर नयाँ नियुक्ति गर्ने तयारी पनि भएको विशेष श्रोतले जनाएको छ ।

मन्त्री हेरफेर गर्ने वारेमा दुइृ अध्यक्षबीच ६ महिनादेखि छलफल भएपनि हेरफेर गर्न सकेका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार २ घन्टा लामो छलफलमा बसेका पार्टीका २ अध्यक्षले सरकारको कामकारबाही र मन्त्रालयको प्रगतिका विषयमा छलफल गरेका थिए । केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘मन्त्रीहरूको हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ,’ स्रोतले भन्यो ।

बैठकमा मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहयोग मागेका थिए । प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ’अब कतिपय मन्त्री पनि फेर्छु । यसमा तपाईले सहयोग गर्नुपर्याे ।

प्रधानमन्त्री ओलीको सहयोग अपेक्षा गरेपछि प्रचण्डले पनि सरकार परिवर्तन गरी प्रभावकारी बनाउने विषयमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको स्रोतको भनाइ छ ।दुई अध्यक्षका लागि मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो । तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषममा भने स्रोतले खुलाउन चाहेन । यसका साथै समाजवादी पार्टी मंसिर पहिलो साता नै सरकारबाट हट्ने तयारी गरेको बिषयमा समेत छलफल भएको थियो ।

कतिपय मन्त्रीहरूका कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएका समाचार यसअघि पनि बाहिर आएको थियो । मन्त्रालयको काम जाँच गर्नका लागि प्रम ओलीले संयन्त्र नै विकास गरेका थिए । प्रधानमन्त्री सन्निकटका अनुसार केपी ओली सबैभन्दा बढी ७ मन्त्रीहरुबाट असन्तुष्ट छन् ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई प्रधानमन्त्रीका नजरमा ‘रेड जोन’मा परेका मन्त्रीहरू हुन् ।

स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ ।

सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घण्टा छलफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width