बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसीपमा नेपालले सानदार सुरुवात गरेको छ। आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी बन्यो। प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगितामा नेपालले भोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मंगलवार बंगलादेशसँग र बुधवार माल्दिभ्ससँग खेल्नेछ। राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालले अरुणा शाहीको कप्तानीमा एभीसी सेनट्रल जोभ भलिबल च्याम्पियनसीप खेलेको छ। नेपाली राष्ट्रिय महिला भलिबलका खेलाडीहरुमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, सलिना श्रेष्ठ छन्।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१