सहारा एकेडेमीको खेल मैदान विस्तार गर्न आग्रह

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
sah (1)

पोखरा २४, कात्तिक । गण्डकी प्रदेशका कार्यवहाक आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहारा एकेडेमीको खेल मैदान विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

सहारा एकेडेमी सहित एकेडेमीका बालकहरुसंग भेटघाट गर्दै का.वा. मुख्यमन्त्री समेत रहेका गुरुङले पोखरामा स्तरीय फुटवल मैदान अभाव भएको अबस्थामा क्लबले एकेडेमीको खेल मैदानलाई ब्यबस्थित पार्न सुझाव दिएका हुन्।

उनले भने “ हामीले सोचे भन्दा सहारा एकेडेमी धेरै फरक ढंगबाट संचालन भएको रहेछ, यसलाई दिगो रुपमा संचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको छ ।मन्त्री गुरुङलाई क्लबका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष वीरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली लगायतले स्वागत गर्दै क्लबको गतिविधिको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना बालकहरु एकेडेमीमा छन्।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width