नेकपाको ११ वटै वडामा चुनाव प्रचार कार्यालय

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
ncp news photo

पोखरा, २४ कात्तिक । नेकपाले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पोखराका ११ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।पोखरा महानगरका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोल/टोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नम्बर १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ ।

वडा नम्बर २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइन्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

वडा नम्बर २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकको भलाम गाविस र मौजा गाविसको दुबै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्व अध्यग्क्ष चित्रबहादुर गुरुङले उद्घाटन गरेको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिए ।

उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको छ । गत २०७४ को प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ ।

उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीको रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width