गैडाकोटमा करेन्ट लागेर मध्यविन्दुका महतोको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
cropped-plc-based-panel-faridabad11

नवलपरासी, २४ कात्तिक । नवलपरासीको गैडाकोटमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गैडाकोट नगरपालिका १० नमूना चोकमा रहेको भित्री सडक खण्डमा ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर नवलपरासीको मध्यविन्दु नगरपालिका ६ बस्ने २४ वर्षीय मतिराम महता थारुको निधन भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । ट्रकको पराल माथि बसेका महतो विद्युतको नाङ्गो तारसँग छोइएर करेन्ट लागेको हो ।ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width