दमौली, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए । नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताए । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुईपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०