विकास योजनाबारे सांसद पहारीको छलफल

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
rajiv pahari_Fotor

गण्डकी प्रदेश सांसद राजीव पहारीले शनिबार कास्की क्षेत्र ३ (ख) का सम्बन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा सामाजिक अभियन्तासँग विकास योजनाबारे छलफल गरेका छन्।

कार्यक्रममा सांसद पहारीले क्षेत्र ३ ख मा सम्पन्न भएका विकासका योजना र अब शुरु हुने योजनाका बारेमा प्रकाश पारेका थिए।

छलफलमा वडा कमिटी तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भएका गुनासालाई प्रस्तुत गरेका थिए। आफ्नो ठाउँमा भएका विकास तथा अब हुनुपर्ने विकासका बारेमा पनि सांसद पहारी समक्ष जनप्रतिनिधिले सुझाव दिएका थिए। कार्यक्रममा सांसद पहारीले भने, ‘हामीलाई काम गर्छ भनेर जसरी जिताउनुभयो, त्यही अनुसार नै हामी तपाईको विश्वासलाई तोड्ने छैनौं। गर्नैपर्ने काम निरन्तर गरिरहेका छौं। ’ सो क्रममा उनले नेकपा उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन पनि आग्रह गरे। कार्यक्रममा उक्त क्षेत्रकै समानुपातिक सांसद मीत्रकुमारी गुरुङ सुवेदीको समेत उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

hero news full width