फूलबारी मन्टेसरीको १९ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
montessory _Fotor

फूलबारी मन्टेसरी कटेज प्रि एण्ड बेसिक स्कूलको १९ औं वार्षिकोत्सव तथा ११ औं अभिभावक दिवस शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य विन्दुकुमार थापाले निजी क्षेत्रबाट खुलेका प्रि नर्सरी, मन्टेश्वरीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न मुख्य भूमिका खेलेको बताए। उनले मन्टेश्वरी, निजी एवं सरकारी विद्यालयलाई एकरुपताका साथ अगाडि बढाउने शिलशिलामा सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिकाका शिक्षा विभागका प्रमुख गंगाबहादुर गुरुङले शिक्षा क्षेत्रमा बालबालिकाको मनोविज्ञानलाई बुझ्न आवश्यक रहेको बताए।

फूलबारी मन्टेसरी कटेज प्रि एण्ड बेसिक स्कूलका प्रमुख अरुणा शेरचनले बालबालिकाको संख्यामा भन्दा बढी उनीहरुको गुणस्तरीयतालाई प्राथमिकतामा दिँदै आएको बताइन्। भविष्यका कर्णाधार बालबालिकाको गतिविधिलाई सूक्ष्म अध्ययन गर्दै सक्षम नेपाली नागरिक बनाउन फूलबारी मन्टेश्वरी लागिपरेको दाबी गरिन्।

कार्यक्रममा फूलबारी मन्टेसरीमा ५ वर्ष सेवा गरेका शिक्षकहरुलाई नगदसहित सम्मान गरिएको थियो।

सो अवसरमा यस वर्षको उत्कृष्ट शिक्षक अवार्ड २०७६ बाट कक्षा युकेजीका शिक्षक जमुना थापालाई सम्मान गरियो।

कार्यक्रममा मन्टेसरी एशोसिएसन कास्की अध्यक्ष कल्पना केसी, कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्धर, रेडियो जननीका अध्यक्ष मिलन थापा लगायत उपस्थित थिए।

कार्यक्रममा विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width