लेखनाथ जेसीजले जेसीज सप्ताह मनाउने

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
jci_Fotor

स्थापनाको २२ वर्षपछि लेखनाथ जेसीजले आफ्नै सचिवालय भवनबाट जेसीज सप्ताह २०१९ शुरुवात गर्ने भएको छ।

‘मानवताको सेवा नै जीवनको सवोर्त्तम कार्य हो’ नाराका साथ शनिवार सचिवालय भवनमा पत्रकार सम्मेलन गरी जुनियर जेसीजको सहकार्यमा कात्तिक २४ देखि ३० गतेसम्म सो कार्यक्रम गरिने जनाएको हो। जेसीज सप्ताहअन्तर्गत पहिलो दिन सचिवालय उद्घाटन गरिने कार्यक्रमका मूल संयोजक सुजन न्यौपानेले जानकारी दिए।

कात्तिक १५ मा पोखरा ३३ भरतपोखरीस्थित सरस्वती टीका माविका अति गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण, २६ गते पोखरा २७, तालचोकमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २७ गते तालचोकदेखि बेगनासतालसम्म स्वास्थ्यका लागि दौड प्रतियोगिता, २८ गते पोखरा २६, कालिकाचोकमा खुला रक्तदान कार्यक्रम गरिने छ।

कात्तिक २९ मा पोखरा २९ भण्डारढीकस्थित जनप्रकाश माविमा अभिभावकत्व तालिम र अन्तिम सातौं ३० गते लेखनाथ उद्योग वाणिज्य संघमा असल नेतृत्व र उत्प्रेरणा तालिम सहित सम्मान तथा पुरस्कार वितरण गरिनेछ।

लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मूल संयोजक सुजन न्यौपानेले स्वागत, निवर्तमान अध्यक्ष शालिकराम ओझाले धन्यवाद र महासचिव चिरञ्जीवी न्यौपानेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width