धनुष बचतको छैटौं वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
dhanus photo_Fotor

पोखरा–९, दरवारथोकमार्गस्थित धनुष बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भयो।

साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका प्रमुख सन्तोष घिमिरेले सहकारी संस्थाहरु राज्य समृद्घिको आधार भएको चर्चा गर्दै संस्थाहरुबीच सहकार्यको खाँचो औँल्याए।

उनले त्यस अवसरमा संरक्षित पुँजी फिर्ता कोषबारे जानकारी समेत दिए।

शैक्षिक समाज सहकारीका अध्यक्ष लिलाधर बरालले धनुष सहकारीले छोटो समयमा प्रगति गरेको चर्चा गर्दै सहकारीलाई राम्रो र हाम्रो बनाउनुपर्ने तर्क गरे।

उनले अन्नपूर्ण गाउँपालिकामा स्थापना गरिएको सहकारीले विभिन्न आरोहअवरोह पार गर्दै पोखरामा केन्द्रीय कार्यालय खोल्न सफल हुनु राम्रो पक्ष रहेको औँल्याए। बरालले शहरको पुँजी गाउँमा लगेर तथा गाउँको पुँजीलाई शहरमा ल्याएर लगानी गर्ने अवसर धनुषलाई मिलेको बताए।

कलश बचत तथा ऋण सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारी आन्दोलनमा धनुषको भूमिका महत्वपूर्ण रहेको जनाए। उनले शेयर सदस्यले आफ्नै सहकारीमा मात्रै कारोबार गर्नुपर्ने औँल्याए।

उक्त कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कृष्णप्रसाद सुवेदी, पत्रकार श्रीभद्र पौडेल, शेयर सदस्यद्वय शक्ति बराल र यमकुमारी पौडेलले पनि शुभकामना दिएका थिए। उनीहरुले सहकारीले छोटो समयमा प्रगति गरेको धारणा राख्दै सहकारी संस्थाहरु कमाउधन्दाभन्दा उत्पादनमूलक क्षेत्रमा जोडिनुपर्ने जनाएका थिए।

त्यस अवसरमा अध्यक्ष राजाराम सुवेदी, सचिव जगत पौडेल, कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिना, लेखा समिति संयोजक सन्तोषधर आचार्य, ऋण उपसमिति संयोजक कृष्णबहादुर खाँणद्वारा प्रस्तुत विषयगत प्रतिवेदन छलफल सहित अनुमोदन भएको थियो।

सहकारी अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्जा उपसमिति संयोजक सरीता भुजेलले सात सिद्घान्त वाचन, उपाध्यक्ष प्रदीप भुजेलले स्वागत र सचिव जगत पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width