विद्या भट्टराई भोटमाग्न यातायात मजदुरमाँझ

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७६
bidya 3

पोखरा, २३ कात्तिक । नेकपा कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका यातायात मजदुरसँग अन्तक्रिया गरेकी छन् ।
देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्ने तयारी गरेको भट्टराईले आश्वासन दिइन् ।

सामाजिक सुरक्षा ऐनलाई थप प्रभावकारी र श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनको आश्वासन थियो । श्रमको उचित सम्मान गर्न सक्यौ भने मात्र समृद्धिले सार्थकता पाउने भनाई उनको थियो ।

जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको याताायात श्रमिकसँगको अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य द्धय चुडामणि जंगली, श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकहरुको हक अधिकार रसशक्तिकरणका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width