सुधार गृहभित्र केसी मृत फेला

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
21366778_745183045673402_3998400249771344286_o

पोखरा, २२ कात्तिक । पोखरा–१६ लामाचौर निवासी २६ वर्षीय शिव केसी शुक्रवार विहान सुधार गृहको कोठामा मृत फेला परेका छन् ।

केसी पोखरा–१७ सीतापाईला स्थित नौलो घुम्ती सुधार केन्द्रमा विहान ५.०० सुतेकै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्ककिा प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता राजकुमार केसीले बताए ।केसीका आफन्तले विहीवार साँझ ६.३० वजे उक्त सुधार केन्द्रमा लगेर राखेका थिए । उक्त घटनका बारेमा अनुसन्धान गर्न प्रहरी निरीक्षक विजय भण्डारीको कमाण्ड टोलीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width