महिला भलिबल टिम बंगलादेशतर्फ

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
Ferewell for Nepali Womens Volleyball Team_Fotor

पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप खेल्न नेपाली राष्ट्रिय महिला भलिबल टिम बंगलादेश प्रस्थान गरेका छन्।

बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि १२ सदस्सीय खेलाडीसहितको नेपाली टिम बिहिबार ढाका प्रस्थान गरेका हुन्। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिब जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष रन्जन खड्का लगायतले नेपाली टिमलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा विदाई गरे।

अरुणा शाहीको कप्तानीमा नेपालले एभीसी सेन्ट्रल जोन खेल्नेछ। प्रतियोगितामा नेपालसहित अफगानिस्तान, कीर्गिस्तान, माल्दिभ्स, र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। नेपालले आइतबार माल्दिभ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ। यस्तै, नेपालले सोमबार अफगानिस्तान, मंगलबार कीर्गिस्तान र बुधबार बंगलादेशसँग खेल्नेछ।

राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। एभीसी सेन्ट्रल जोनको लागि नेपालले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेको थियो।

नेपाली महिला भलिबलको टिमको खेलाडीहरुमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ छन्।

Related News

सम्बन्धित समाचार

    • सकिनै आँट्यो पोखरा रंगशाला

      धनबहादुर गुरुङ श्रावण १०, २०७८
      पोखरा । पोखरा रंगशाला निर्माण ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो…
    • पोखरा रंगशाला प्रशिक्षणका लागि खुला

      आदर्श समाज सम्वाददाता श्रावण १, २०७८
      पोखरा  । पोखरा रंगशालामा शुक्रबारदेखि आंशिक रुपमा खेलकुदका गतिविधि हुने भएका छन् । कोरोना महामारीका कारण ३ महिनादेखि स्थगित खेल गतिविधि…
    • ब्राजिल कोपा अमेरिकाको फाइनमा

      आदर्श समाज सम्वाददाता असार २२, २०७८
      पोखरा । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आयोजक राष्ट्र ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै…
    • खेलपर्यटनलाई संस्थागत जरुरी : मुख्यमन्त्री

      आदर्श समाज सम्वाददाता असार १९, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराको पर्यटनसँग खेलकुद जोडिएको उल्लेख गर्दै यसलाई संस्थागत गर्दै लैजानु जरुरी रहेको…
    • पोखरा स्पोर्टस् अवार्ड : नवीन र पार्वती वर्ष खेलाडी

      आदर्श समाज सम्वाददाता असार १९, २०७८
      पोखरा । पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६/७७ मा नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) वर्ष खेलाडी घोषित भएका छन्…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads