नेपाल म्यानमारसँग पराजित

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
Nepal Vs Myanmar Football_Fotor

मैत्रीपूर्ण फूटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ। म्यानमारमा बिहीबार भएको खेलमा नेपाल म्यानमारसँग नेपाल ३–० गोलले हारेको हो। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल खाएको थियो।

नेपाल म्यानमारसँग ३–० गोलको समान स्कोरले पराजित बनेको यो दोस्रो पटक हो। यसअघि, सन् २००८ मा खेलिएको एएफसी च्यालेन्च कपमा समेत नेपालले म्यानमारसँग ३–० गोलकै हार खेपेको थियो।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलको तयारी स्वरुप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले कुवेतसँग मंसीर ३ गते विश्वकप छनोटको खेल खेल्नेछ। नेपाल पहिलो खेलमा यसअघि कुवेतमा भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भइसकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width