एटीएम ह्याकिङ गर्ने चिनियाँ र नेपाली थुनामा

एजेन्सी
कार्तिक २२, २०७६
maxresdefault

काठमाण्डौ, २२ कात्तिक । नेपालका ७ वटा बैंकमा भदौ दोस्रो साता भएको एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशपछि काठमाडौं प्रहरीले पक्राउ गरेका चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान गरिएको छ ।

प्रकरणमा मुछिएका नेपाली नागरिक रोशनप्रसाद प्रधान र रेवती दुवाडीलाई २६ लाख रुपैयाँ र देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पनि थुनामा पठाइएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width