वर्तमान सरकार भ्रष्टाचारमा लिप्त– कमल थापा

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७६
p 01

पोखरा, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् ।

राप्रपा कास्कीको चुनावी सभालाई विहीवार पोखारमा सम्वोधन गर्दै अध्यक्ष थापाले भने–दुई तिहाइको सरकारल देशमा शान्ति, सुशासन कायम गर्न सकेन् । देशमा हत्या, हिंसा, बलत्कार, महंगी बढेको छ, कर वृद्धिले आम नागरिक आजीत भएका छन, अध्यष कमल थापाले भने– सरकारका गलत कामको बिरोधमा आम नागरिक उभिन जरुरी छ ।

नेपालका ९४ प्रतिशत जनता सनातन धर्म मान्ने छन्, हिन्दुवादीको जीतका लागि राप्रपामा मतदान गर्न काग्रह गरे । कास्की २ बाट राप्रपालाई जिताउन सक्यौ भने देशको राजनीतिक भविष्य कोरिनुको साथै संसदमा हिन्दुको पक्षमा आवाज उठ्ने अध्यक्ष थाापाले बताए ।

देशभित्र देखिएको भ्रष्टाचार र वेथितिले आम जनता सुशासन र नयाँ पार्टीको खोजिमा छन् यही अवस्थामा राप्रपालाई जिताउन आवश्यक छ, थापाले भने–कास्कीवासीले राप्रपा र सनातन धर्मको पक्षमा मदतान गर्न आग्रह गर्दछु ।

राप्रपा कास्की निर्वाचन क्षेत्र नं २ बाट रोमबहादुर भण्डारी उम्मेदवार बनाएको छ । सभामा बोल्दै उम्मेदवार भण्डारीले आफूले जिते जनताको हितमा काम गर्ने र सरकार गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width