राष्ट्र बैंक चोक नजिक बम विष्फोट

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७६
Bomb

रुपनारायण ढकाल–पोखरा, २१ कात्तिक । पोखराको राष्ट्र बैंक चोक नजिक पर्यटन बसपार्कमामा विहीबार विहान बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

देशका विभिन्न स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको दिन हो । यही सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गर्ने क्रम चल्दै गर्दा यो विष्फोट भएको हो । बम विष्फोट हुँदा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर २ कि उम्मेदवार विद्या भट्टराई सो कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेकी थिइन् ।

विष्फोटनको जिम्मा हालसम्म कसैले लिएको छैन । आफ्नो उपस्थिति देखाउन कुनै समूह वा व्यक्तिले विष्फोट गराएको हुन सक्ने प्रहरी उपरीक्षक कार्कीले सुनाए । घटनाको अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने उनले बताए ।

विष्फोट भएको बम सामान्य खालको भएको र उति ठूलो आवाज पनि नआएको उनको दाबी छ । घटनास्थलमा कुनै उपकरण वा डिभाइस नभेटिएका कारण टाइम बम हो भनेर एकिन भन्न सकिने अवस्था पनि नभएको उनले स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width