नदीमा हामफालेर मृत्यु

रासस
कार्तिक २१, २०७६
Narayani_Nadi_News

चितवन, २१ कात्तिक । नारायणगढ बजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

मृतकको सनाखत हुन नसकेको उनले बताए । यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।

त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।

Related News

सम्बन्धित समाचार

    • बस पल्टिँदा १ को मृत्यु, १ दर्जन यात्रु घाइते

      रासस श्रावण ६, २०७८
      लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
    • बाटो भत्किएर कारागारमा क्षति

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ ।…
    • फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य…
    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • पहिराेमा पुरिएर बेपत्ता   

      आदर्श समाज सम्वाददाता असार २४, २०७८
      दमौली ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads