हरिहर आश्रममा बाला चतुर्दशी मेलासँगै भजन चुड्का प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
20191105_092856_Fotor

मेलाको तयारी बारे जानकारी दिँदै आश्रमका का.वा. अध्यक्ष अर्जुन खत्री।

पोखरा –२० भलाम स्थित हरिहर गुफा सन्यास आश्रममा बाला चतुर्दशी मेलासँगै खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ।

आश्रमले बाला चतुर्दशीको दिन मंसिर ९ गते मेलासँगै भजन चुड्का प्रतियोगिता गर्न लागेको हो। विगतका वर्षमा आश्रममा बाल चतुर्दशी मेला लाग्दै आएको थियो।

मङ्गलबार आश्रममा आयोजित पत्रकार सम्मेलनमा मेला र प्रतियोगिताको तयारी शुरु भएको जानकारी दिइएको छ। मेलाका लागि मूल आयोजक समिति सहित विभिन्न ११ वटा उपसमिति गठन गरिएको छ।

आश्रमको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले यसपटक मेलासँगै भजन चुड्का प्रतियोगिता पनि थप गरिएको हो।

‘यसपटकको मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउँछौं’ आश्रमका कार्यवाहक अध्यक्ष अर्जुन खत्रीले भने, ‘सबैको साथ र सहयोग आवश्यक छ। ’ उनले यसपटकको मेलामा ५० हजार भक्तजन उतार्ने गरी तयारीमा जुट्ने जानकारी दिए। आश्रममा बाला चतुर्दशी बाहेक महाशिवरात्री, हनुमान जयन्ती, नवदुर्गा, रामनवमी र कृष्णजन्माष्टमीको अवसरमा पनि मेला लाग्ने गर्छ।

पोखरा २० वडा कार्यालयको आर्थिक सहयोगमा हुन लागेको भजन चुड्का प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीयलाई २० हजार पुरस्कार प्रदान गरिने छ। त्यस्तै, सान्त्वना, उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभूषालाई ५/५ हजार रुपैया प्रदान गरिने छ।

मंसिर ८ गतेसम्म टिम दर्ता गराउन सकिने प्रतियोगिता संयोजक महेन्द्रराज पौडेलले जानकारी दिए। भजन समूहमा १० देखि १५ जनासम्म हुनुपर्ने र बाद्यवादन स्वयंले व्यवस्थापन गर्नुपर्ने नियम बनाइएको छ।

पोखरा २० का वडाध्यक्ष सीम गुरुङले कार्यक्रमका लागि वडा कार्यालयले २ लाख रुपैया आर्थिक सहयोग गरेको बताए। आश्रमलाई धार्मिक पर्यटकीयस्थल बनाउनका लागि वडा कार्यालय लागिपर्ने उनको भनाइ छ। कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रेशम खत्री र सदस्य रवि लामिछानले बोलेका थिए। आश्रममा हाल ८ जना सन्यासी आश्रित छन्। सन् १९०६ सालमा स्वामी अम्बर गिरिद्वारा स्थापित उक्त आश्रममा हाल गलेश्वर आश्रम, देवघाटका स्वामी आत्मानन्द गिरि पिठाधीश रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width