कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
bibekshil_Fotor

पोखरा, यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ। पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ २ (ख) को प्रदेशसभामा उम्मेदवार टुंग्याएको हो। बागलुङ २ (ख) मा सन्तोष भण्डारीलाई उम्मेदवार तोकिएको छ।

मंगलबार पत्रकार सम्मेलन गरी विवेकशीलले राजनीतिक दुर्गन्ध हटाउनका लागि आफुले उम्मेदवारी दिन लागेको बताएको छ। केन्द्रीय अध्यक्ष मिलन पाण्डेले आगामी पुस्तालाई सुसंस्कृत राजनीति हस्तान्तरण गर्ने गरी विवेकशील गठन भएको र सोही एजेण्डामा सक्रिए रहेको बताए। ‘हामी चुनाव जित्न आएका हौं। असल राजनीतिले जित्यो भने मात्रै देशले जित्छ, ’ उनले भने, ‘कसैलाई हराउने हाम्रो एजेण्डा छैन। ’ केन्द्रीय सदस्य रञ्जु दर्शनाले सहभागीता मुलक लोकतन्त्रका लागि आफुँहरु निरन्तर लागिरहने प्रतिबद्धता जनाईन्। पार्टी विभाजन समेत त्यसकै लागि भएको उनको टिप्पणी छ। ‘मर्नुभन्दा पारपाचुके उत्तम उपाए हो, ’ पार्टी किन फुट्यो भन्ने प्रश्नमा जवाफ दिँदै उनले भनिन्, ‘हामीले साझा पार्टीसँग पारपाचुके गर्यौं। ’ उम्मेदवार जमुना शर्मा जनताको विश्वाससँगै चुनाव जित्ने दावी गर्छिन्।

चुनावका लागि विवेकशिलले नीति सचिव संजीव भट्टाईको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बुधबारदेखि नै चुनावी गतिविधि सुरु गर्ने विवेकशीलले जनाएको छ। पार्टी एउटै भएर चुनाव लड्दा यसअघिको चुनावमा विवेकशील साझाले ८ सय मत पाएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width