गल्याङ नगरपालिका सवै वडामा कृषि समूह

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
galang_Fotor

स्याङ्जाको गल्याङ नगरपालिकामा रहेका सबै किसानको समूह बनाइने भएको छ। किसानका समस्या समाधान र अनुदानमा सहजीकरण गर्नका लागि सबै किसानलाई समूहमा बाँडिने भएको हो। स्याङ्जाको गल्याङ नगरपालिका ८, झोल्पेमा एक समूह गठन गरी यसको सुरुवात गरिएको छ। झोल्पेमा ‘गलौंदी–झोल्पे’ कृषक समूह गठन गरिएको छ। स्थानीय कृषक छविलाल खरालको अध्यक्षतामा नौ सदस्यीय मूल कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। समितिको उपाध्यक्षमा चित्रबहादुर सारु, सचिवमा मथुरा खराल र कोषाध्यक्षमा यामकुमारी थापा चयन भएकी छन्। यसैगरी सदस्यहरुमा निमनाथ खराल, तीला खराल, गंगा न्यौपाने खराल, कोपिला थापा र देवीप्रसाद खराल चयन रहेका छन्। समूह गठन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले किसानको काम गर्नका लागि नै आफु नगरप्रमुख भएको बताए। उनले किसानको अवस्थामा सुधार नल्याउदासम्म नगरपालिकाको सम्पूर्ण शक्ति किसानको अवस्था सुधार्न नसकिने बताए।

गत वर्ष नगरपालिकाबाट अदुवा वितरण गरिएको प्रसङ्ग कोट्याउँदै उनले अहिले नगरपालिकामा आठ करोडको अदुवा भएको बताए।

अब नगरपालिका मसला जोनमा प्रवेश गरेको भन्दै उनले थप अदुवा लगाउने वातावरण बनाउन आफुले कदम चालेको स्पष्ट पारेका थिए।

नगरप्रमुख अधिकारीले भने –‘किसानले आफै विक्री गर्न नसके लागत मुल्यको दोब्बर मुल्यमा खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ। ’ केही महिनामा नै बाँझो जग्गा रहन नदिने गरी निती बनाउने भन्दै उनले भएको जग्गाको सदुपयोग गर्नुपनेर्मा जोड दिए।

किसान समूह मार्फत किसानका वास्तविक समस्याहरु आफुसम्म ल्याउन र समाधानमा लाग्नका लागि गल्याङ नगरपालिकाका सबै किसानहरुको समूह गठन गर्ने प्रक्रियामा रहेको उनले बताए।

कार्यक्रममा गल्याङ नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले किसान समूह मार्फत किसानको सहजताको काम गरिने बताए। अर्यालले नगरपालिकाबाट प्राप्त हुने अनुदान र त्यसको व्यवस्थापनका लागि किसानहरुको समूह बनाउनुपर्ने आवश्यकता रहेको बताए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width