सुशासन आजको आवश्यकता –उम्मेदवार गुरुङ

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७६
74305673_3191877990828994_4504076587783684096_n

पोखरा, १९ कात्तिक । कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले मंगलवार आफ्ना उम्मेदवार इन्जिनियर धर्मराज गुरुङलाई परिचय गराएको छ ।
उम्मेदवार गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । संचारकै सुन्दर देश नेपालमा भ्रष्टाचारकै कारण देश क्यान्सर लागेजस्तो छ ।

सुशासन कायम, भ्रष्टचार नियन्त्रण, कमिशन, ढिलासुस्ती, कालोबजारी जस्ता कार्यको अन्त्य गर्न जरुरी छ, उम्मेदवार गुरुङले भने– अबआम नागरिककले इमान्दार राजनीतिज्ञको खोजी गर्न जरुरी छ । कास्कीको साविक अर्मला गाविस हाल पोखरा १६ मा जन्मिएका गुरुङले ३९ वर्ष ब्रिटिश सेना र १५ वर्ष संयुक्त राष्ट्रसंघमा काम गरेको अनुभव छ ।

उनले फानबोरो कलेज अफ टेक्नोलोजी युकेबाट बिई, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ गरेका छन् । उम्मेदवार गुरुङको प्रतिवद्धतामा विभेद अन्त्य, सुशासन कायम, भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्य, शिक्षा र स्वास्थ्य निशुल्क, युवा रोजगार एवम स्वरोगारको लागि पहल गर्ने जनाएको छन् ।

त्यसैगरी टोलटोलमा सडक, घर घरमा विधुत र खानेपानी, भूपूका समस्याहरु समाधान, समान पेन्सन, सुकुम्वासी समस्या समाधान, व्यवस्थित बस्ती वसोवासको लागि पहल गर्ने, व्यवस्थित बसपार्क, पार्किङ व्यवस्थापनका पहल गर्ने उनले जनाएका छन् ।

जाति, वर्ग, समुदायका राजनीतिक, सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक अधिकार र पहिचान एवम सम्मानका लागि पहल, प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवअधिकार,कार्यकारी राष्ट्रपति लगायतका कुरामा उनले जोड दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width