एएफसी यू–१९ च्याम्पियनसीप: छनोटका लागि खेलाडी छनोट

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Football Team U-19

पोखरा । एएफसी यू–१९ च्याम्पियनसीप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नोभेम्बरको ६ तारिखदेखि इरानमा सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित कीर्गिस्तान र यूएई रहेको छ ।

नेपालको २३ सदस्यीय टिमको गोलकीपरहरुमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् ।

डिफेन्डरहरुमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् । मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन छन् । फरवार्डका लागि मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा र दीपेश आलेमगर छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width