सिद्धेश्वर मन्दिर बैदाममा ज्ञान महायज्ञ

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६

सिद्धेश्वर मन्दिर पोखरा–६ बैदाममा आयोजित कात्तिक महात्म्य संगीतमय ज्ञान महायज्ञ आइतबारदेखि शुभारम्भ भएको छ।

कात्तिक १७–२३ गतेसम्म संचालन हुने महायज्ञको प्रमुख अतिथि केदारेश्व महादेव मन्दिर बैदामका अध्यक्ष तथा पीठाधीश डा. लेखनाथ आर्चायले कार्यक्रमको उद्घाटन गर्दै ज्ञान महायज्ञ र महात्मा जस्ता कार्यक्रममा भक्तजनहरु सहभागीभई ज्ञानको श्रवण गरेमा मानिसहरुको मनमा भएको नकरात्मक बिचार हटेर जाने बिचार ब्यक्त गरे।

महायज्ञमा दिग्दर्शक वाचन, शिरोमणि पं दीपकप्रसाद सापकोटाले कथा वाचन गर्ने छन्। हरिबोधनी एकादशीलाई लक्षित गरी महात्म्य ज्ञानको आयोजना गरिएको बताइएको छ।

कार्यक्रम संचालन गर्ने स्थानीय संघ संस्था, आमा समूह र भक्तजनहरुले आफूखुसी दान गर्न सक्ने छन्।

कार्यक्रम सफल बनाउन करिब २ लाख खर्च लाग्ने र महायज्ञबाट करिब २ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ। कार्यक्रम पश्चायत बचत रकमलाई सिद्धेश्वर मन्दिरको जिणोर्दारमा खर्च गरिने बताइएको छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

जीएमसीमा फेरि ताला

महिलालाई आत्मनिर्भर बनाउनुपर्छ : विद्या

सडक मर्मत माग गर्दै यातायात अबरुद्ध

पियु र एनजिओ फेडेरेशनबीच सम्झौता

विद्यालयमा पिच निर्माण सहयोग

प्रमुख समाचार

स्कुटर दुर्घटनामा पौडलको मृत्यु