मालीको सैन्य कार्यालयमा आक्रमण – ५३ सैनिकको मृत्यु

रासस
कार्तिक १६, २०७६
stock-photo-mali-ston-waterfront-aerial-view-ston-walls-in-dalmatia-region-of-croatia-1081881188

बामाको, १६ कात्तिक मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।

देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ ।

नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् । “अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उनले लेखेका छन् । आक्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले बताए ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width