जङ्गलमा ३ शव फेला

रासस
कार्तिक १६, २०७६
800_699b1078bb5814cbb37fd9d9a5b9032a

फाइल फोटो

बलेवा, १६ कात्तिक । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सीमानामा रहेको जङ्गलमा शनिवार दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताए । “नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उनले भने “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width