स्वतन्त्रद्वारा भैलो कार्यक्रम गरी ६० हजार संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
Sn 4

बुटवल, १६ कात्तिक । स्वतन्त्र पत्रकार संघ नेपालको रुपन्देही शाखाद्वारा तिहारको बेलामा देउसीभैलो कार्यक्रम गरी ६० हजार रुपैयाँ संकलन गरिएको छ । उक्त रकम शाखाले अक्षयकोष बनाउने भएको छ ।

तिहारको बेलामा चार दिनसम्म भैलो कार्यक्रम सञ्चालन गरी उक्त रकम संकलन गरेको स्वतन्त्रको जिल्ला शाखाका अध्यक्ष अनिल पहाडीले बताए । उनका अनुसार स्वतन्त्रका प्रदेश उपाध्यक्ष ईश्वरी पौडेल संयोजक र शाखाका सदस्य मोहन केसी सहसंयोजक रहने गरी भैलो समिति गठन गरी देउसो भैलो खेलिएको हो ।

भैलो कार्यक्रममा स्वतन्त्रका राष्ट्रिय उपाध्यक्ष राजेन्द्रजंग राजयमाझीलगायत जिल्ला शाखाका पदाधिकारीहरूको सहभागिता रहेको शाखाका उपाध्यक्ष चक्रपाणि डुम्रेले बताए । उनका अनुसार बाह्य कलाकारहरू विक्रमबाबु विक सहितका केहीले समेत उक्त देउसी भैलो कार्यक्रममा सहयोग गरेका थिए ।

देउसीभैलो कार्यक्रमबाट खर्च कटाएर ६० हजार रुपैयाँ संकलन भएको भैलो कार्यक्रमका संयोजक ईश्वरी पौडेलले बताए । स्वतन्त्रका जिल्ला शाखाले आफ्नै पहलमा यसरी अक्षयकोष निर्माणको कार्यक्रम गरेको यो पहिलो पटक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width