सुधारकेन्द्रमा बस्दै आएका युवक मृत भेटिए

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
Damauli

तनहुँ , १६ कात्तिक । बन्दिपुरगाँउपालिका–१ डुम्रे घरभई हाल ब्यासनगरपालिका –१ रतौलीटार स्थित मानवसुधार केन्द्रमा बस्दै आएका एक युवक सेतीनदीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।

लर्निङ होम फाउन्डेसन नेपालद्वारा संचालित सुधारकेन्द्रमा वस्दै आएका–२२ बर्षीय नवीन गुरुङ सेतीनदी स्थित साराङघाट नदीकिनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।

स्थानीय वासीहरुले नदीकिनारमा मृत अवस्थामा गुरुङलाई देखेपछि नजिकैको प्रहरी कार्यालयमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार विगत २ वर्षदेखि गुरुङ ब्यास–१ भाँदगाँउ स्थित सुधार गृहमा बस्दै आएका थिए। गुरुङको शवलाई परीक्षणकालागि दमौली अस्पतालमा राखिएको छ।

मानव सुधार केन्द्रबाट १२ जना युवाहरु कार्तिक ६ गते देखि भागेर आआफ्नो घरमा सम्पर्कमा गएको भएतापनि गुरुङभने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुधार केन्द्रबाट एकाएक युवाहरु किन भागे र गुरुङको मृत्यु कसरी भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय दमौलीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width