रुखबाट लडेर घलेको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
pipal-tree

तनहुँ, १६ कात्तिक । तनहुँको भानुनगरपालिका–८ घलेगाँउमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ। ।मृत्यु हुनेमा सोही ठाँउका ६५ वर्षीय कटकबहादुर घले रहेका छन्।

घर नजिकै रहेको पिपलको रुपमा घाँसकाट्ने क्रममा रुखको हाँगा अचानक भाँचिन गई भुईमा खसेका घले गम्भीर घाइते भएका थिए । उपचारका लागि दमौली जिल्ला अस्पतालमा लगिएका घलेको उपचारकै क्रममा शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width