भाचोक डाँडामा निर्माण हुने लम्तरीदेवी मन्दिरको डिपिआर तयार

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
73212855_2594535187333670_6432249761016840192_n-1024×485

पोखरा,१६ कात्तिक । पोखराबाट २६ किलोमीटर पूर्वी दुरीका पर्ने मादी गाउँपालिका–१०र ११ को सीमानामा अवस्थित लम्तरी नादादेवीको मन्दिर निर्माणका लागि डिपिआर तयार भएको छ ।

साविक भाचोक गाविस (मकैखोला) र सैमाराङ गाविस (गोर्जे) को शिरमा पर्ने लम्तरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मन्दिर निर्माण गर्न लागिएको हो । २ लाख ५० हजार रुपैयाँ खर्च गरेर मन्दिरको डिपिआर इन्जिनियर सन्जोग कुमार श्रेष्ठले तयार पारेका हुन् ।

धार्मिक पर्यटनको पूर्वाधार तयार पार्न स्थानीय, विभिन्न संघ संस्था, आमा समूह, विदेशमा रहेका गाउँवासी, गाउँ पालिकाको कार्यालय, प्रदेश सरकार र संघीय सरकार समेतको पहलमा गण्डकी प्रदेशकै मूख्य पर्यटन स्थलको रुपमा विकास गरिने भएको छ ।

मन्दिर निर्माणका लागि विभिन्न संघसंस्था र व्यत्तिबाट करिब १ करोड रुपैयाँ संकलन भइसकेको छ । मन्दिर मात्र डेढ करोड रुपैयाँमा सम्पन्न हुने छ । करीब ३ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको लम्तरी डाँडामा विभिन्न किसिमका लाली गुराँस, मृग, बाँदर, कालिज, पिउरो, मुनाल, बाघ, भालु, स्याल, घोरल र ढुकुर देख्न सकिन्छ भने नजिकैबाट हिम श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ ।

धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पोखरामा एक हप्ता अघि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । पूर्व स्वास्थ्य मन्त्री तथा संघीय सांसद खगराज अधिकारी, प्रदेश सभाका सांसदहरु मनबहादुर गुरुङ, गायत्री गुरुङ, मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ ‘श्याम, नेपाली कांग्रेस कास्की जिल्ला सभापति कृष्ण के।सी, नेकपा जिल्ला सचिव बखन सिंह गुरुङ र मादी गाउँ पालिका वडा नं ११ का वडा अध्यक्ष मित्रबहादुर गुरुङ, लम्तरी मन्दिर निर्माण समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङ, नादा समाज हङकङका अध्यक्ष लालप्रसाद गुरुङ र नादा तमु समाज पोखराका अध्यक्ष असपुर गुरुङ अन्तरक्रियामा सहभागी थिए ।

डिपिआरको पूर्वाधारमा मन्दिर, हेलिकोप्टर पार्किङ, बालबालिकाको लागि खेल मैदान, खाने पानीको धारा, पोखरी, बली चढाउने ठाउँ, दृश्यावलोकन स्थल, प्याराग्लाइडिङ गर्ने ठाउँ, पिकनिक स्पट, क्याम्पिङ, बँगैचा, पूजा सामाग्री पसल, धार्मिक पर्यटकहरुलाई बस्ने र सुत्ने कोठा देखि विभिन्न किसिमका पूर्वाधारको डिपिआर तयार पारिएको श्रेष्ठले बताए ।

डिपिआर बनाउने खर्च मादी गाउँ पालिका कार्यालयले सहयोग गरेको हो, लम्तरी डाँडामा लम्तरी माई नादा देवीको मन्दिर करिब डेड करोडको लागतमा निर्माण हुँदैछ । मन्दिर निकै नै आकर्षित तवारको रहने मन्दिर निर्माण समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width