कास्की २ को उम्मेदवार छान्ने जिम्मा कांग्रेस नेता पाैडेलकाे

एजेन्सी
कार्तिक १६, २०७६
Ram_Chandra_Paudel_(4)

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कास्की २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवार र दाङ तथा बागलुङको प्रदेशसभा निर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको धरान उपमहानगरपालिका समिति, क्षेत्रीय समिति र जिल्ला समितिले उनको मात्र नाम सिफारिस गरेको थियो ।यसैगरी कास्की २ को प्रतिनिधि सभामा उम्मेदवार छान्ने जिम्मा काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको हातमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width