डोटीमा बस दुर्घटना, १ को मृत्यु, ३० घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
k6Iq4L9epzQkirtd7nKk

महेन्द्रनगर, १६ कात्तिक । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नं को बस शनिवार बिहान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्न सकेको छेन् ।
दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उद्दार कार्य भईरहेको डोटीका प्रहरी निरीक्षक केवी वोहराले बताए । ४० जना यात्रु लिएर हिँडेको बस सडकबाट ४० मिटर तल खसेको थियो । के कारणले दुर्घटना भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width