देउसीभैलोको पैसा बाढीपीडितलाई

रासस
कार्तिक १५, २०७६
maxresdefault (1)

गलेश्वर, १५ कात्तिक । म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको १० हजार रुपैयाँबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् ।

१४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट सङ्कलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुन लगायतका सामान खरीद गरेर बाढीपीडितहरुलाई प्रदान गरेका बाढीपीडित राहत सङ्कलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिए ।

गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पु¥याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको काम भने सम्पन्न भइसकेको छ । बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ ।

पूर्णरूपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक सङ्कलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय रुपैयाँ सङ्कलन भएको संयोजक रिजालले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width