प्रहरीले गोली चलाउदा १ को मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
krishnanagar (2)

कपिलवस्तु, १४ कात्तिक । लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुई समुदायका बीचमा विवाद वढ्दै गएपछि कपिलवस्तुको कृष्णनगर क्षेत्र बुधबार साझदेखि तनावग्रस्त बनेको छ । हिंसात्मक गतिविधि रोक्नका लागि स्थानीय प्रशासनले कफ्यू आदेज जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले कृष्णनगरमा विहान ११ वजे देखी लागु हुने गरी कफ्र्यु आदेश जारी गरेको हो । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन विषयमा स्थानीयहरु बीच विवाद भएपछी झडप समेत भएको थियो ।

विवाद पछि गोली चल्दा एक जनाको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरज पाण्डेको ज्यान गएको वताइएको छ । प्रहरीले मृत्यु भएको पुष्टि गरेपनि गोली कसले चलाएको हो भन्ने बताएको छैन । वुधवार भएको उक्त झडपले थप उग्ररुपलिएपछि बिहीबार कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले वताए । झडपमा परी केही स्थानीय र प्रहरी घाइते समेत भएका छन ।

विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयले कृष्णनगर भन्सार कार्यलय देखी उत्तर तर्फ ७ सय मिटर,पश्चिम तर्फ ७ सय मिटर,पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ । गतवर्ष पनि सो स्थानमा मूर्ति विर्सजनकै विषयमा विवाद भएको थियो । केही वर्ष पहिले मोहित खांको हत्या पछि भएको हिसांले उग्ररुप लिदां निकै ठुलो मानवीय र भौतिक क्षति समेत भएको थियो ।
बिक्रम खड्का÷ बुटवल

Related News

सम्बन्धित समाचार

hero news full width