फेदीखोला चिनाउन गीत

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
47431278_2240744232805294_1478770605951025152_o

स्याङ्जा, १४ कात्तिक । सर्जक लाल कार्की अन्जानको शब्द संकलनमा कुभिण्डेमा कुरीबस मटिँखान जाउला, रमाइलो साल्मे गीतको एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

स्याङ्जा निवासी लाल कार्की अञ्जानको शब्दरचनामा ख्यातिप्राप्त गायक पुरुशोत्तम न्यौपाने र जुना श्रीस मगरले स्वर गरेका छन् । प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदी, उपाध्यक्ष देबि थापा लागाएतले शुभकामना मन्तव्य राखेका थिए ।

एरेन्जर तारानाथ आचार्य, संगीतकार टेकनारायण चापागाईं, गीतकार कमल अर्याल र गायिका काजल गुरुङको उपस्थिति तथा प्रस्तुती रहेको थियो । गायक पुरुशोत्तम न्यौपानेले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

सो अवसरमा जीतजङ कार्की, जशबहादुर गुरुङ, महेन्द्र थापा, यमबहादुर रानाभाट, खिमबहादुर क्षत्रीले आफ्ना भनाइ राखेका थिए । फेदीखोला साहित्य प्रतिस्ठानको आयोजना र सिद्धार्थ सामुदायिक क्याम्पसको सह आयोजनामा संचालित कार्यक्रमको संयोजन क्याम्पस प्रमुख हुमनाथ शर्माले गरेका थिए भने सभापतित्व क्याम्पस संचालक समिति अध्यक्ष प्रेमप्रकाश गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width