पञ्चवर्षीय लक्ष्य पुरा गर्न कठिन– मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७६
4

पर्वत, १३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीुसुब्बा गुरुङले प्रदेशले राखेका लक्ष्यहरु कठिन भएपनि उच्च मनोबल सहित आफुहरु अगाडि बढिरहेको बताएका छन ।

पञ्चवर्षीय योजनामा प्रतिव्यक्ति आय वार्षिक २ हजार डलर पुर्याउने, गरिबीको रेखामुनिका जनसख्या ५० प्रतिशत कमगर्ने जस्ता लक्ष्यहरु चुनौतीहरु रहेको उनले स्वीकार गरे । यद्यपि विभिन्न अवस्थाहरु विश्लेषण गर्दा यी उदेश्यहरु पुरा गर्न सक्ने भएकाले ठूला आत्मविश्वास सहित प्रदेश सरकार अगाडि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

दोविल्ला फलेवास सडक कालोपत्रे योजनाको आइतबार शिलान्यास गर्दै पर्यटन, कृषि, उद्योग र जलविद्युतको माध्यामबाट उल्लेखित उदेश्यहरु पुरा गर्न सकिने बताए । २ हजार डलर प्रतिव्यक्ति आम्दानी पु¥याउने काम आकाशको तारा टिप्ने र समुंद्रको मोती जस्तै कठिन काम हो’ उनले भने ‘तर पर्यटन, कृषि, उद्योग र उर्जाको माध्यामबाट यो चीज संभव छ ।’ गत वर्ष प्रदेशको आर्थिक बृद्धिदर लक्ष्य भन्दा एक प्रतिशत बढेर सात प्रतिसत पुगेको दृष्टान्तदिदै मुख्यमन्त्री गुरुङले निकट भविष्यमा यसलाई दोहोरो अंकमा पुर्याउन सकिने बताए ।

यो आधारमा १४ प्रतिशत रहेको गरिबीको दर सात प्रतिशतमा झार्न कठिन नहुने मुख्यमन्त्री गुरुङको भनाई छ । प्रदेशको औसत आयुलाई ७५ वर्ष पु¥याउने लक्ष्य पुरा गर्न स्वास्थ्य क्षेत्रलाई स्तरीय बनाइने मुख्यमन्त्रीले बताए । पाच बर्ष भित्र प्रदेशको जिल्ला अस्पतालमा कुनै पनि प्रकारको औषधि कमी हुन नदिइने आवस्थामा पुर्याइने प्रतिवद्धता समेत उनले गरे । कार्यक्रममा बोल्दै ंसंघीय सांसद पदम गिरी, गण्डकी प्रदेशका भोैतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत र उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकास लम्सालले काम समयमा सम्पन्न गर्नका लागि स्थानीयले खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

गण्डकी प्रदेशले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा क बर्गको सडक बनाउने लक्ष्य अनुसार दोविल्ला फलेवास सडक खण्ड कालोपत्रे गर्न लागिएको वताइएको छ । यो लक्ष्य अनुसार ९ दशमलव ८ प्रतिशत सडक कालोपत्रे हुनेछ । यो सडकको चौडाई नाली सहितको ८ मिटरका हुने जानकारी उक्त अवसरमा दियएको थियो । । प्यासेफिक फेवा निर्माण कम्पनीले यो सडक निर्माण गर्नका लागि २६ करोडमा सम्झौता गरिसकेको छ । आउदो २ वर्ष भित्रमा काम पुरा गरिसक्ने लक्ष्य राखिएको छ । प्रोजेक्ट म्यानेजर दायराम अधिकारीका अनुसार यो सडक खण्डमा ४१ वटा हिमपाइप राखिने सम्झौता समेत भएको छ । यो वर्ष पर्वतको विभिन्न ठाउमा संघ सरकारबाट ११ र प्रदेश सरकारबाट ४० गरी ५१ वटा सडकका लागि बजेट विनियोजन भएको वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width