सवारी दुर्घटनामा १ को मृत्यु २ घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७६
k6Iq4L9epzQkirtd7nKk

पोखरा, १३ कात्तिक । पोखरामा मंगलवार साँझ भएको सवारी दुर्घटनामा परेका परी एक युवकको मृत्यु भएको छ ।

भाइटीकाको दिन (मंगलबार) पोखरा–२६ तालचोकमा स्कोरपीयोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक लम्जुङ बेंसीशहर निवासी २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

ग १ य ८७५ नम्बरको स्कोरपीयोले बेलुका करिब ६ः३५ बजे ग १२ प ८८०० नम्बरको स्कुटर र ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका ८८०० नम्बरका स्कुटर चालक गुरुङको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा बेलुका ९ः३० बजे मुत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अर्का स्कुटर चालक पोखरा–८ का ४६ वर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भैरहेको छ । दुर्घटनामा घाइते भएका स्कोरपीयो चालक पोखरा–३१ का ३५ वर्षीय कैलाश थापाको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । थापाको प्रहरी निगरानीमा नै रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width