पोखरामा नेपाल सम्बत ११४०को स्वागत

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७६
20191029_090504

पोखरा, १३ कात्तिक । नेवाः खल कास्कीले नेपाल सम्बत ११४०को नयाँ वर्ष शुभकामना ¥याली सहित सम्पन्न गरेको छ ।

न्यूरोडबाट शुरुभएको शुमकामना  र्याली  चिप्लेढुंगा महेन्द्रपुल, पालिखेचोक तेर्सापट्टी हुदै भीमसेनटोल स्थित नेवाः छें भवनमा पुगी समापन भएको थियो ।
र्यालीमा नेवाः खलः, ल्याय्म्हपुचः मिसा पुचः लगायत विभिन्न संघ संस्थाहरुले आकर्षक नाच र झांकी सहित सहभागिता जनाएका थिए ।समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सम्बत नेवारहरुको मात्र नभइ साझा सम्बत भएको बताए । लोकतन्त्रमा समावेशी चरित्र हुनुपर्ने कुरामा जोड दिदै उनले वयोवृद्ध संस्कृतिकर्मी हिराबहादुर ध्वजूलाई जगतबहादुर स्मृति सांस्कृति पुरस्कारले सम्मान गरिएको थियो ।

भारतमा रेलको यात्रामा रहँदा एक महिलाको अस्मिता बचाउने एक्लै भारतीय डाँकाहरुसंग लडेर वीरता प्रदर्शन गरी प्रख्याति भएका सैनिक जवान विष्णुप्रसाद श्रेष्ठलाई पनि सम्मान गरिउको थियो । यस्तैगरी भिन्तुना ¥यालीमा प्रथम, द्धितीय, तृतीय भएका टोलीहरु क्रमश कुंडहर, मोहरियाटोल, रुपा गाउँपालिकाको टोलीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाहरुको तर्फबाट प्रेम जिरेलले शुभकामना मन्तब्य राखेका थिए ।

नेवाः खलः कास्कीका उपाध्यक्ष संस्कृतकर्मी तीर्थ श्रेष्ठले नेपाल सम्बतकोबारे जानकारी दिर्दै स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव आनन्द श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width