गाउँपालिकाद्वारा सामजिक विकृति तथा विसंगतिको अन्त्य गर्ने संकल्प

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७६
Ma Gapa

लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिकले पालिका क्षेत्रमा भइरहेका सामजिक विकृति तथा विसंगतिको अन्त्य गर्ने संकल्प गरेको छ । मस्र्याङदी गाउँपालिका न्यायिक समितिको आयोजनामा वडानं– ३ को खुदी बजारमा गरिएको नागारिक सचेतना तथा खवरदारी कार्यक्रममा गाउँपालिकाबासीहरूलाई छातीमा हात राखेर त्यस्तो प्रतिबद्वता व्यक्त गर्न लगाइएको हो ।

कार्यक्रममा समाजमा अझै पनि हट्न नसकेको छुवाछुत, जुवातास, मादकपदार्थ सेवन, भ्रष्टचार, लागु औषाध, चेलीबेटी बेचविखन, बलात्कार, महिला हिंसा, बाल तथा बाहु विवाह, बालश्रम, जातीय भेदभाव जस्ता सामाजिक विकृति तथा समस्या र कुरीतिले समाजमा पार्ने नकरात्मक असरको रोकथाम गर्नुपर्ने कार्यका बारेमा जानकारी तथा छलफल गरिएको न्यायिक समितिका संयोजक एवम् पालिकाका उपाध्यक्ष होम विकले बताए । उनले भने, ‘सामाजिक विकृतिले समाजमा नाकरात्मक असर पु¥याउनुका साथै विकासको गति समेत अवरोध सिर्जना गर्ने भएकाले यसको अन्त्यका लागि सवै अघि बढ्नुपर्छ ।’

सो अवसरमा विकृतिविसंगतिका विरुद्ध लड्न विभिन्न ६ निर्णय गरिएको सो पाकिलाका– २ का अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार समाजलाई विकृतिविसंगति मुक्त बनाउनका लागि गाउँपालिका भित्रका सबै वडा, टोल, वस्तीसम्म जनचेतना मर्फात जागृत गराउन मस्र्याङदी गाउँपालिका सबै जनप्रतिनिधी, न्यायिक समिति, राजनीतिक दलका पदाधिकारी, सम्पूर्ण जनप्रतिनिधी, युवा तथा खेलकुद, महिला सञ्जाल आमा समुह, युवा क्लब लगायत सबै सामाजिक संघ संस्थालाई सक्रियता बनाउने निर्णय गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विकको अध्यक्षतामा भएका कार्यक्रममा वडानं– २ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा नम्बर ९ का अध्यक्ष नारायणबहादुर थापा लगायतको सहभागिता थियो । उक्त कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा वडानं ३ का अध्यक्ष तीर्थ बस्नेतले प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width