सम्झनाको ‘ढाक्यो मायाले’

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७६
Dhakyo-Mayale by Samjhana Pandey_Fotor

गायिका सम्झना पाण्डेको ‘ढाक्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ। दोस्रो ‘भ्वाइस अफ नेपाल’को ब्याटल राउण्डसम्म पुग्न सफल गायिका पाण्डेको गीतमा स्वर रहेको छ। गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन्।

निर्देशक शान थापाले गीतको म्युजिक भिडियोमा निर्देशन गरेका छन्। निर्देशक थापाले किशोरावस्थामा रहेको कुनैपनि प्रेमी जोडीले देखाउने रोमान्टिक प्रेम कथालाई भिडियोमा गज्जबसँग प्रस्तुत गर्न सफल भएका छन्। गीतमा गायिका स्वयं सम्झना पाण्डे र मोडल निराजन प्रधानको अभिनय फिचर्ड रहेको छ। भुपिन्द्र महतले गीतका लागि शब्द सिर्जना गरेका हुन्। चर्चित संगीतकार हरि लम्सालले गीतमा संगीत भरेका छन्। अर्जुन तिवारीले गीतको छायांकन गरेका हुन्। नकुल खड्काले गीत तथा म्युजिक भिडियोको सम्पादन गरेका हुन्। गीतमा राजिव समिरले कोरियोग्राफी गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width