हिउपहिरोले पुर्दा १ जनाको मृत्यु २ घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७६
mauntain-glacier-panoramic-view-blue-sky-snow-top-145983384

पोखरा, ६ कात्तिक । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली वेसक्याम नजिकैको बगरमा बुधवार विहान १२.०० वजे हिउपहिरोले पुर्दा नेपाली पर्यटक एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिउपहिरोले पुर्दा पोखरा–५ निवासी १६ वर्षीय संजय खनालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए । घाइते दुई जनालाई प्रहरीले उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

घाइते हुनेमा पोखरा–११ फूलवारी निवासी २० वर्षीय सन्तोष वास्तोला र पोखरा–५ पस्र्याङ निवासी १८ वर्षीय निरञ्जन कोइराला रहेका छन् । घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा ल्याइएको हो । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

हिउपहिरोले पुरेर मृत्यु भएका संजय खनालको शव भने मौषम विग्रिएका कारण हेलिकोप्टर जान नसक्दा ल्याउन सकिएको छैन, कास्की प्रहरी प्रवक्ता केसीले भने– मौाषम खुलेपछि हेलिकोप्टर मार्फत उनको शव ल्याइने छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कास्की र घान्दुकबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ ।

ट्रेकिङमा हिडिरहेका उनीहरुलाई एक्कासी माथिबाट खसेके चट्टान सहितको हिउँपहिरोले पुरेको हो । घटनास्थलमा कास्कीको घान्दुकबाट १८ घण्टा पैदल हिडेर जान सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width